समाचार
सुन÷नगद चोरी भएको भनि झुट्टा निवेदन दिने २ (दुई) जना पक्राउ
रेडियो आँधीखोला
वालिङ, १९ साउन ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले झुटा निवेदन दिने दुईजनालाई पक्राउ गरेको छ । सुन तथा नगद चोरी भएको भनि झुटा निवेदन दिने दुई जना पक्राउ परेका हुन् । आँधिखोला गाउँपालिका १ स्थित आफ्नै घरबाट ७.५ (साढे सात) तोला सुनका गर–गहनाहरू तथा नगद ४ हजार समेत चोरी भएको भनी चन्द्र कुमारी गुरूङ र मिलेमतो गर्ने धनराज गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । चन्द्रकुमारीले निवेदन दिने र धनबहादुरले लुकाई छिपाई राखेको अवस्थामा उक्त सुन र नगद बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीलाई झुट्टा निवेदन दिएको अनुसन्धान पश्चात खुल्न आएको हुँदा उहाँहरुलाई आवश्यक कारबाही अगाडि बढाईएको प्रहरले जनाएको छ ।
त्यस्तै लागुऔषध मुद्धाका फरार कसुरदार २२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार २०५९ बैसाख २३ गते लागु औषध मुद्दामा १० महिना १८ दिन कैद र ५ हजार जरिवाना तोकिएका आँधीखोला गाउँपालिका ४ का ४८ वर्षीय रामचन्द्र पौडेललाई २२ वर्षपछि आईतबार प्रहरीले कैद भुक्तानका लागी अदालत पेश गरेको छ । अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त दुरुस्त तथा प्रभावकारी बनाई न्यायिक कारबाहीलाई पुर्णता दिई सुरक्षित र न्यायपुर्ण समाज निर्माणको सुनिश्चिताको लागी प्रहरीले फरार प्रतिवादीहरुलाई पक्राउ गर्ने अभियानलाई तिव्र पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।