समाचार
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
वालिङ, २० साउन ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२, बासकोटमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले दुर्घटनामा स्थानीय ६२ वर्षीय शिलबहादुर कार्कीको मृत्यु भएको बताउनुभयो ।
भित्री सडक खण्डको अर्जुन चौपारीबाट घर जाने क्रममा ग. ८ प. २५७ नम्बरको मोटरसाइकल चिप्लिएर नालीमा डुबेको र आफ्नै मोटरसाइकलले च्पापिएर मृत्यु भएको चौधरीले बताउनुभयो । चौधरीले डुबेकालाई नालीको पानी बन्द गरी हेर्दा कार्की भएको आफ्नै कान्छो भाइबाट पहिचान भएको बताउनुभयो । कार्की नेट तथा केबुलको काम गर्दै आउनुभएको थियो ।