अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

छाङ्छाङ्दी मन्दिरमा तेस्रोे सोमबार ९० हजार ४८० भेटि संकलन

news

 
वालिङ, २० साउन । 
स्याङ्जाको भीरकोट ४ मा अवस्थित प्रसिद्ध धार्मिक तिर्थस्थल छाङछाङ्दी मन्दिरमा साउनको तेस्रोे सोमबार उल्लेख्य भक्तजनले मन्दिर दर्शन तथा पुजा आजा गरेका छन् । साउन महिनालाई भगवान् शिवको विशेष महिना मानिने भएकाले साउन महिनाको सोमबार तथा साउन महिनाभर नै स्याङ्जा सहित अन्य जिल्लाबाट समेत मन्दिर दर्शनका लागि भक्तजन आउने गर्दछन् । 
यसै अवसरमा साउन महिनाको तेस्रो सोमबार ९० हजार ४८० रुपैयाँ भेटी रकम संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समितिका संयोजक शोभाकान्त पौडेलका अनुसार सहयोग रसिदबाट, २१ हजार ७ सय ८०, स्टलबाट ५ हजार, दानपेटिकाबाट २७ हजार २००, मुल मन्दिर तथा भजन मण्डलीबाट ३६ हजार ५ सय गरी जम्मा ९० लाख ४८० रुपैयाँ भेटी संकलन भएको हो । 
यसैबीच छाङ्छाङ्दी शिव मन्दिरमा दैनिक सन्ध्याकालिन महाआरति भइरहेको छ । मन्दिरमा अरुबेला दैनिक सामान्य प्रकारको आरतिहरु गरिने भएतापनि पवित्र महिनाको रुपमा रहेको साउनमा दैनिक महाआरति गरिदै आइएको र महिनाभर नै महाआरति गरिने पौडेलले जानकारी दिनुभयो । श्रद्धालु भक्तजनहरुले आफ्ना दिवंगत पितृको स्मृति, शुभकार्य, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका अवसरमा महाआरति गर्न चाहेमा मन्दिर ब्यवस्थापन समितिले ब्यवस्थापन मिलाउने उहाँले बताउनुभयो ।
सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको किनारमा अवस्थित मन्दिरको पछिल्लो समय प्रचारप्रसार भएसँगै विभिन्न चाडपर्वमा स्नान गर्न आउने भक्तजन बढ्दै गएका छन् । यहाँ विषेशगरी महाशिवरात्री, वैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तीज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी लगायत विभिन्न पर्वहरुमा भक्तजनहरु मन्दिरमा पुजापाठ तथा दर्शनका लागि आउने गर्दछन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...