समाचार
वालिङ, ८ की जमूना नेपाली विगत २ महिनादेखी सम्पर्कबिहिन
रेडियो आँधीखोला
वालिङ, २१ साउन ।
स्याङ्जाको वालिङ, ८ बगर निवासी २५ वर्षीया जमुना नेपाली विगत २ महिनादेखी सम्पर्कबिहिन हुनुभएको छ । परिवारका सदस्यहरुले उहाँको खोजीका लागी आग्रह गरेका छन् । जमुनाका श्रीमान् दीपेन्द्र नेपालीका अनुसार जमुना विगत २ महिनादेखि घरपरिवारको सम्पर्कमा नभएको बुझिएको छ ।
१ वर्षको छोरी छोडेर सम्पर्कबिहिन जमुनाको खोजि गरिदिन प्रहरीलाई समेत खबर गरिएको तर जमूना अहिले सम्म पनि परिवारको सम्पर्कमा नआएको परिवारले बताएका छन् । नेपालीले दिएको जानकारी अनुसार परिवारमा कुनै झगडा नभएको र जमुना कतै जाने भनेर पनि खबर नगरी हिँडेको थाहा भएको छ । दीपेन्द्र टयाक्टरमा काम गर्ने कामदार हुनुहुन्छ । परिवारले जमूनालाई छिटोभन्दा छिटो घर फर्किन आग्रह गर्दै उहाँको बारेमा कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई सम्पर्क गरिदिन अनुरोध गरेको छ ।