अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

कांगे्रस आफ्नै खुट्टामा उभिनुनै स्व. पंगेनीप्रति सच्चा श्रद्धान्जली हुनेछ ः डा. कोईराला

 
वालिङ, २१ साउन । 
नेपाली कांगे्रसका वरिष्ठ नेता तथा केन्द्रिय सदस्य नेता डा. सेखर कोईरालाले नेपाली कांगे्रस आफ्नै खुट्टामा उभिएर चुनाव जित्नु नै स्वं कमल पंगेनीप्रति सच्चा श्रद्धान्जली हुने बताउनुभएको छ । पछिल्लो समय पार्टीको गाउँदेखि जिल्लासम्म रहेको तिक्तता हटाउन सबै सकरात्मक भावनाका साथ लाग्नुपर्ने भन्दै पार्टी सशक्तिकरणमा  लाग्नुपर्नेमा डा. कोईरालाको जोड थियो । 
 
मंगलबार नेपाली कांगे्रसका पुर्व पार्टी सभापति तथा संविधान सभा सदस्य स्व. कमल पंगेनी सातौँ स्मृति सभा तथा कमल पंगेनी प्रतिष्ठानको प्रथम अधिवेसनको समुदघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । स्व. पंगेनी र आँफू फरक खेमाको भनिएतापनि पंगेनीसंगको सम्बन्ध निकै राम्रो भएको स्मरण गर्दै स्याङ्जाको विकास र पार्टी सुदृढिकरण नै स्व. पंगेनीको सपना रहेको डा. कोईरालाले बताउनुभयो । संगठन हेर्न स्याङ्जा जाऔँ भन्ने भनाईलाई सार्थकता प्रदान गर्दै पार्टीलाई बलियो बनाउन टोलस्तरदेखि लाग्नुपर्नेमा उहाँको जोड थियो ।
 
पार्टीका नेताहरुलाई भेट गर्दा किन भेटेको भनेर सोधिएको बताउदै डा कोइरालाले ठुला नेतालाई भेटनु संस्कार भएको र सबैले संस्कार बसाल्नु पर्ने बताउनुभयो । अहिले चर्चामा रहेको बहुविवाह समबन्धि ऐन ल्याउने कुरा आएको बताउदै डा कोइराले यो पास हुन नहुने बताउनुभयो । यस्तै नेपाली काग्रेसका उपसभापति धनराज गुरुङले विपीले बनाएको घरलाई कतै चुहिने भए छाउनु पर्ने बताउनुभयो । 
 
विपीको बिचारलाई बोकेर अगाडि बढनुपर्ने बताउदै गुरुङले राष्ट्रियता, प्रजातन्त्र र समाजबादलाई सबैले अनुसरण गर्नु पर्ने बताउनुभयो । खुटा तानेर पहिलो बन्नेको हाबी भएको बताउदै गुरुङले यो खुट्टा तान्नेको चिन्तन मानसिकता नहटेसम्म पार्टी ठुलो नहुने बताउनुभयो । 
 
कसैको चरित्र हत्या गरेर राजनीति राम्रो बन्दछ भन्ने सोचिएको छ भने त्यो गलत हुने गुरुङको भनाई थियो । २०४६ साल पछाडिको नेताको सम्पती छानबिन गर्नुपर्ने बताउदै गुरुङले छानविन नगरेसम्म पार्टी नबन्ने बताउनुभयो । स्व पंगेनीको कामलाई हेर्ने हो भने एक ग्रन्थ नै बन्ने बताउदै गुरुङले सच्चा योद्धालाई सम्मान गर्ने हो भने खुट्टा तान्ने काम छोड्नु पर्ने बताउनुभयो । 
 
कार्यक्रममा काग्रेसका केन्द्रिय सहमहामन्त्री भिष्मराज आङदाङवे, केन्द्रिय सदस्यहरु टेक प्रसाद गुरुङ, र सरस्वती तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी, मेखलाल श्रेष्ठ,  प्रदेश सांसद भोजराज अर्याल, स्याङ्जा प्रबक्ता भरत लम्साल लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम जिल्ला सभापति राजु थापाको सभापत्विमा सम्पन्न भएको थियो भने स्वागत उपसभापति केदार काफ्ले र संचालन सचिव दामोदर लम्सालले गर्नुभएको थियो ।  यस्तै डा कोइरालाले भीरकोटबाट बयरघारी, मोहनडांडा, ठुली भञ्ज्याङ हुदै पर्वत जोड्ने सडकको नामलाई कमल पंगेनी मार्ग नामकरण गर्नु भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...