अहिले तरंगमा

केहि छिनमा

समाचार

वालिङ बैर्कस क्लब र स्याङ्जा इन्स्योरेन्स क्लबद्धारा विदाई तथा स्वागत

news

रेडियो आँधीखोला,
वालिङ २१ साउन ।
वालिङ बैर्कस क्लब र स्याङ्जा इन्स्योरेन्स क्लबले विदाई तथा स्वागत कार्यक्रम गरेको छ । बुधबार वालिङमा आयोजित कार्यक्रममा सिटिजन्स बैंकका वालिङ साखा प्रमुख बेनिमहादेव भट्राई, माछापुच्छे्र बैंकका साखा प्रमुख खेमनारायण काफ्लेलाई विदाई र एसबिआई बैंकका साखा प्रमुख आलोकदेवलाई स्वागत गरिएको हो । कार्यक्रममा विदाई हुनुभएका द्धोय भट्राई र काफ्लेले वालिङ बसाई अत्यन्तै महत्वपुर्ण रहेको भन्दै बैंकर्स क्लबले बैंकर्सहरुको हकहितका पक्षमा आवाज उठाउँदै आएको बताउँदै धन्यवाद व्यक्त गर्नुभयो । 
कार्यक्रममा सरुवा भई आउनुभएका एसबिआई बैंकका आलोकदेवले यहाँ रहँदा सेवाग्राही मैत्रि काम गर्ने र क्बलले गरेको यो कार्यक्रमले बैंकर्सहरुबीच एकआपसमा सम्बन्ध प्रगाढ बनाउने बताउनुभयो । कार्यक्रममा बैंकर्स क्लबका अध्यक्ष प्रमेनारायण अर्यालले क्लब गठन गरेको यहि भदौमा दुई वर्ष पुग्ने भन्दै अव भदौमा प्रथम अधिवेसन गरी क्लबलाई थप गतिमा अगाडि बनाउन सुझारु टिम आउने बताउनुभयो ।  
क्लबका अध्यक्ष अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष दिपक काफ्ले र सञ्चालन सचिव लिला गुरुङले गर्नुभएको थियो । कार्यक्रममा स्याङ्जा इन्स्योरेन्स क्लबका सल्लाहकार शंकर सुवेदी, इन्स्योरेन्स क्लबका उपाध्यक्ष सन्ध्या आले लगायत कार्यक्रममा विभिन्न बैंक तथा इन्स्योरेन्सका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...