अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

स्याङ्जाको कालीगण्डकी ४ विर्घाका आमा छोरा बेपत्ता

 
रेडियो आँधीखोला
वालिङ, २२ साउन । 
कालीगण्डकी गाउँपालिका ४ विर्घाकी अन्दाजी २६ वर्षीय श्यामकला पाण्डे र छोरा ४ वर्षीय अतित पाण्डे बेपत्ता भएका छन् । पाण्डेको आफ्नो चप्पल, गुलाबी रंगको व्याग, मोबाईल र छोराको चप्पल गल्याङ ५ सेतिवेणिमा भेटिएको छ । स्थानीयले आमाछोराको चप्पल, व्याग र मोबाईल देखेपछि प्रहरीलाई खबर गरेका छन् । सेतिवेणिस्थित पुरानो स्टिमर संचालन हुने ठाउँमा बुधबार दिउँसो उक्त सामानहरु भेटिएको हो । 
सामानहरु एकै ठाउँमा छाडिएको अवस्थामा भेटिएपछि नदीमा हामफालेको आशंका गरिएको छ । हिजोदेखी खोजी कार्य भैरहेको र अझैसम्म पनि आमाछोराको अवस्था थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो । आज बिहानैदेखी वडा प्रहरी कार्यालय वालिङ, शसस्त्र प्रहरी ३० नं गुल्म तथा जिल्ला प्रहरी कार्यालयबाट खोजि कार्यका लागी प्रहरीहरु खटिएको चौधरीले जानकारी दिनुभयो । पाण्डेका श्रीमान मणि पाण्डे वैदेशिक रोजगारीका लागी दुवैमा कार्यरत रहेको प्रहरीले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...