अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

राङखोला– धोबादी सडक भासियो

 
रेडियो आँधीखोला
वालिङ, २२ साउन । 
स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ राङखोलाबाट बिरुवा सदरमुकाम जाने सडक भाँसिएको छ । यो सडक बिरुवा हुँदै तनहु जोड्ने सडक समेत हो । लगातारको वर्षाका कारण सडकको छेउ तर्फको एक मिटर चौडाई र ३५ मिटर लम्बाई भाँसिएको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यप्रसाद कुँवरले बताउनुभयो ।
राङखोला र धोवादी बिचमा रहेको रातोपहरा भन्ने स्थानमा ठुलो पहिरो गएको र पहिरोसँगै सडक भासिएको कुँवरले बताउनुभयो । उहाँले सडक ५० मिटर माथिबाट ६० मिटर लम्बाई पहिरो समेत गएको र तीन दिनबाट बाटो अवरुद्ध भएको बताउनुभयो । मङ्गलबार डिभिजन सडकको एक्साभेटर र रक्तकुण्ड निर्माण सेवाको जेसीबी र दुई वटा ट्रिपर प्रयोग गरेर खोल्ने प्रयास गरेपनि वर्षाले सम्भव नभएको कुँवरले बताउनुभयो । माथिबाट माटो खस्ने क्रम रहिरहेकाले पानी बिसाएसंगै आज विहिबारसम्ममा सडक खुलाईने अध्यक्ष कुँवरले बताउनुभयो । 
मनसुन राम्रो भएको अब एक दुई दिनमा बाटो खुल्ने उहाँको भनाइ थियो । घुम्ती रहेको र माथिबाट तल्लो घुम्ती र फेरि तल्लोमा माटो र ढुङ्गा जाने भएकाले पहिरो पन्छाउन असहज भएको हो । यहाँ साउन १३ गतेबाट बाटो अवरुद्ध भएको र तीन दिनमा खुलेको बताउँदै कुँवरले एक दिन खुलेसँगै वर्षले फेरि बन्द भएको बताउनुभयो । बाटो अवरुद्ध भएकाले पालिकाले बिरुवा क्षेत्रका सर्वसाधारण, यात्रु र सवारी चालकहरूलाई सावधानी अपनाउन, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...