समाचार
पञ्जीकरण सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ ।
वालिङ, २३ साउन ।
पञ्जीकरण सम्बन्धी कसूर मुद्दा दर्ता भई फरार रहेकी महिलालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वालिङ नगरपालिका वडा नम्बर –०७ की ३४ वर्षीया लक्ष्मी खड्का रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले विहिबार कास्कीको पोखरा चिप्लेढुङ्गामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
मिति २०८० पुस महिनाको १९ गते पञ्जीकरण सम्बन्धी कसूर मुद्दा दर्ता भई फरार रहेकी खडकालाई पक्राउ गरी स्याङ्जा जिल्लादालत बाट दिन १० (दश) म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै विशेष अप्रेसन टोलीले लागू औषध मुद्दामा चार सय जरिवाना तोकिई फरार रहेका पुतलीबजार ७ बस्ने २५ वर्षीय सागर परियारलाई पक्राउ गरेको हो । अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि प्रहरीले फरार प्रतिवादी पक्राउलाई निरन्तरता दिएको छ ।