अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

निर्माण व्यवसायी विकासका पहरेदार ः सभापति थापा

news

 
वालिङ, २३ साउन । 
नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा संघिय सांसद राजु थापाले निर्माण व्यवसायी विकासका पहरेदार रहेको बताउनुभएको छ । लोकतान्त्रिक निर्माण व्यवसायी संघ स्याङ्जाको प्रथम जिल्ला अधिवेसनको उदघाटन गर्दै सभापति थापाले निर्माण व्यवसायी विकास र राष्ट्रका आधारशिला भएको बताउनुभएको हो ।  निर्माण व्यवसायी कै कारण देशका हरेक कठिन विकास निर्माणका कार्यहरु सम्पन्न भएको उदाहरण दिदै राज्यको मेरुदण्डको रुपमा रहेको निर्माण व्यवसायीलाई सहज तवरले काम गर्ने वातावरण मिलाइनुपर्ने धारणा उहांको छ । 
यसैबीच लोकतान्त्रिक निर्माण व्यवसायी संघ स्याङ्जाको प्रथम अधिवेसनले रामचन्द्र पौडेललाई निर्वाचित गरेको छ । अध्यक्ष पौडेलको अध्यक्षतामा १९ सदस्य जिल्ला कार्यसमिति चयन गरिएको युवा निर्माण व्यवसायी सुनिल चापागाँईले जानकारी दिनुभयो । उहांका अनुसार संघको उपाध्यक्षमा जगतबन्धु कोइराला र मनोज कुमार श्रेष्ठ, महासचिवमा गौरव प्रधान, उप—महासचिवमा भरत मल्ल, कोषाध्यक्षमा रमेश शर्मा र सह—कोषाध्यक्षमा बेलमाया शर्मा चयन हुनुभएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...