समाचार
स्कुटर चोरी गर्ने युवक पक्राउ
रेडियो आँधीखोला
वालिङ, २४ साउन ।
स्कुटर चोरी गर्ने युवक पक्राउ परेका छन् । वालिङ –०८ डुम्रीकोटबाट ग. ११ प. ६०२५ नम्बरको होण्डा कम्पनिको डिओ स्कुटर चोरी भएको सूचना पछि वडा प्रहरी कार्यालय वालिङले स्कुटर चोरी गर्ने पर्वतको विहादी गाउँपालिका ३ का २६ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको हो । वालिङ १० गाहाखोलाबाट ति युवकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । स्कूटर भने वालिङ नगरपालिका वडा १४ फुलबारीमा लगि परियारले लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो । साथै परियारको साथबाट रेडमी कम्पनीको थान–२(दुई) र रियल कम्पनीको थान –१(एक) गरी जम्मा थान –३(तिन) विभिन्न स्थानबाट चोरी गरेको मोवाईल समेत बरामद गरी कानूनी कारवाहीका लागी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
त्यस्तै फरार प्रतिवादी पक्राउ परेका छन् । स्याङ्जा जिल्ला अदालतबाट मिति २०७३÷०९÷१३ गते सार्वजनिक अपराध मुद्दामा (एकहजार पाँचसय पच्चिस) जरिवाना तोकिई फरार रहेका पुतलीबजार ७ का २९ वर्षीय सुवास गुरूङलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सुवासलाई जरिवाना असुलको लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको छ ।
अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि प्रहरीले फरार प्रतिवादीहरुलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको छ ।