अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

news

 
रेडियो आँधीखोला
वालिङ, २७ साउन । 
ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेड मिर्दि साखाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थााले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर वालिङ ११ मा रहेको तितापानी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागी शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष डण्डपानी पंगेनीले संस्थाले गरेको यस कार्यले विद्यार्थीहरुलाई अध्ययनमा लाग्न थप प्रेरणा मिल्ने बताउनुभयो । हरेक संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्नुपर्ने भन्दै यस्तै रचनात्मक तथा सामाजिक कार्यमा लाग्नुपर्नेमा वडा अध्यक्ष पंगेनीको भनाई थियो । 
कार्यक्रममा संस्थाका वाग्मती र गण्डकी प्रदेश प्रमुख विनोद पराजुलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष भिमबहादुर कुँवर, विद्यालयका प्रधानाध्यापक भुक्तिप्रसाद कोईरालाले विद्यालयमा आई शैक्षिक समाग्री वितरण गरिएकोमा संस्थाप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रमको संचालन संस्थाका बेगनाथ स्टेशन प्रमुख अशोककुमार बोगटीले गर्नुभएको थियो । 
विद्यालयमा अध्ययनरत २० जना छात्रछात्राहरुका लागी कपी र झोला वितरण गरिएको संस्थाका मिर्दि साखा प्रमुख इश्वरी रानाले बताउनुभयो । संस्थाको देशभरी १२२ साखाहरु रहेका छन् भने स्याङ्जामा भने मिर्दिमा एक मात्रै साखा रहेको छ । संस्थाको केन्द्रिय कार्यालय भने कास्कीको विजयपुरमा रहेको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...