अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

स्वास्थ्य शिविरले बालगृहका बालवालिका लाभान्वित

news

 
वालिङ, २८ साउन । 
फेदिखोला गाउँपालिका १ स्याङ्जामा रहेको बालगृहमा आँखा र दाँतको स्वास्थ्य शिविर गरिएको छ । अमोर सेवा नेपाल नामक संस्थाले संचालन गर्दै आएको बालगृहमा रहेका अनाथ बालवालिकाको स्वास्थ्य शिविरबाट आँखा र दाँत परिक्षण गरिएको थियो । स्वास्थ्यको पहुँचबाट टाढा रहेको बालगृहमा भारतीय राजदुतावास पेन्सन कार्यालय पोखराले एक दिने आँखा र दाँत परिक्षण शिविरको आयोजना गरिदिएको हो ।
एकदिने आँखा र दाँत शिविरबाट बालगृहमा आश्रित ४३ जना बालवालिका लाभान्वित भएका छन् । बालगृहमा रहेका बालवालिकासगै स्थानीयले पनि उक्त शिविरबाट लाभ उठाएको अमोर सेवा नेपालका अध्यक्ष तथा बालगृह संचालिका कमला पराजुलीले बताउनुभयो । हिमालय आँखा अस्पताल र पेन्सन क्याम्पको स्वास्थ्य प्राविधिक बाट बालवालिका र स्थानीयको स्वास्थ्य परिक्षण गरिएको बालगृह संचालिका पराजुलीले बताउनुभयो । भारतीय राजदुतावास पेन्सन कार्यालय पोखराले बालवालिकाको निशुल्क दक्ष चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गरिदिएर सहयोग गरेको अध्यक्ष पराजुलीको भनाई छ ।
स्वास्थ्य शिविरमा संलग्न चिकित्सका अनुसार सबै बालवालिकाको आँखा राम्रो रहेको र दाँतमा भने केही समस्या देखिएको जनाएका छन् । हिमालय आँखा अस्पतालका स्वास्थ्यकर्मी तेज गुरुङ्ले दिएको जानकारी अनुसार ४३ जना बालवालिकाको आँखा स्वस्थ रहेको छ । धेरैमा ६ महिना र थोरैमा ३ महिनामा आँखा जाँच गर्नुपर्ने सुझाव दिदै गुरुङ्ले बालगृहमा रहेका बालवालिकाको आँखा निकै स्वास्थ्य रहनु सुन्दर पक्ष रहेको बताउनुभयो । झण्डै ३० जना स्थानीयको आँखा परिक्षण गर्दा २ जनामा मोतियाबिन्दु देखिएको र केहीलाई चस्मा वितरण गरिएको थियो । हिमालय आँखा अस्पतालको नेतृत्व तेज गुरुङ्ले गर्नुभएको थियो भने दाँतको डा.शुशिल पोख्रेलको टोलीले सेवा दिएको थियो । यो भन्दा अगाडी बालगृहमा फिस्टेल हस्पिटलको सहयोगमा बालवालिकाको छाला परिक्षण गरिएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...