अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

४० वर्ष मुनिको सूचिमा स्याङ्जाका तिवारी

news

 
वालिङ, २८ साउन । 
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी ‘४० वर्ष मुनिका ४० प्रभावशाली युवा’ सूचीमा पर्न सफल हुनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अनलाइन खबरले आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले तिवारीलाई अवार्ड प्रदान गर्नुभएको हो ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भई नेतृत्वमा पुग्नु भएका तिवारी राजनीतिक मात्र नभई आर्थिक, सामाजिक र कूटनीतिक क्षेत्रसमेत सक्रिय रहनुभएको छ । राजनीतिमा प्रवेश गर्नु अघि सेयर व्यवसायमा सक्रिय रहनु भएका तिवारी होटल ¥याडिसनको सञ्चालक समेत रहनुभएको छ ।  पालिका अध्यक्षमा निर्वाचित भएपछि तिवारीले शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद र धार्मिक पर्यटनको उन्नतिमा विशेष ध्यान दिनुभएको छ ।
उहाँले नेपालकै पहिलो नवग्रह मन्दिर निर्माण गरेर आफ्नो पालिकासँगै स्याङ्जा र नेपाललाई विश्वमै चिनाउने प्रयास गर्नुभएको छ । देशमा चुनौतीपूर्ण परिस्थितिहरूमासमाजमा सकारात्मक परिवर्तन ल्याइरहेका युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अनलाइनखबरले गत वर्षदेखि यो ‘४० वर्षमुनिका ४० प्रभावशाली युवा’सूची सार्वजनिक गर्दै आएको हो । यस वर्ष तिवारीको नाम समावेश हुनु स्याङ्जा जिल्लाको गौरवको विषय बनेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...