अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङमा बङ्गुरको मासुमा अफ्रिकन स्वाइन फिवर देखियो, झण्डै ५० किलो मासु नष्ट

 
रेडियो आँधीखोला
वालिङ, २९ साउन । 
स्याङ्जाको वालिङस्थित एक मासु पसलमा रहेको बङ्गुरको मासुमा अफ्रिकन स्वाइन फिवर देखिएको छ । वालिङ ८ को मुख्य बजार मोडमा रहेको पदमबहादुर सोती (भुपेन्द्र सोती) मगरको मासु पसलमा रहेको बङ्गुरको मासुमा अफ्रिकन स्वाइन फिवर देखिएको हो । अफ्रिकन स्वाइन फिवरको आशङ्कामा यही साउन २२ गते नमूना परीक्षणको लागि पोखरा पठाइएको थियो । परीक्षणबाट आर डि टी पोजेटिभ देखिएपछि पसलमा सिल्ड गरेर राखिएको मासु नष्ट गरिएको हो ।
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख डा.रुपेश श्रेष्ठ तथा पशु सेवा साखाका  कर्मचारी, वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे, प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी, उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनी, सुरक्षाकर्मी एवम् पत्रकारसहित सरोकारवालाहरुको उपस्थितिमा उक्त सिल्ड गरिएको मासु नष्ट गरिएको हो । केही दिन अगाडि सोतीको पसल नजिकै रहेको फर्ममा बङ्गुर मरेको थियो ।
मरेको बङ्गुरको मासु विक्रि गरेको जनगुनासो आएपछि आशङ्कामा पसलमा रहेको मासुको नमूना परीक्षणका लागि पोखरा पठाइएको थियो । पिसिआर रिपोर्ट नआइञ्जेल सम्मका लागि बाहिर राखिएका २ वटा फ्रिजमा शिल्ड गरिएको र मासु राख्ने भित्री कोठामासमेत ताला लगाइएको थियो । नमूना परीक्षणबाट आर डि टी पोजेटिभ देखिएपछि पसलमा सिल्ड गरेर राखिएको मासु सरोकारवालाहरुको उपस्थितिमा नष्ट गर्ने काम भएको हो ।
यसैगरी पसलमा पनि निसंक्रणका लागि क्लोरिनको झोल छर्किइएको छ । डा. श्रेष्ठले पसल सञ्चालक सोतीलाई अबको ४० दिनसम्म कुनैपनि बङ्गुर विक्रि वितरण नगर्नुका साथै मासु खानेहरुले विचार गर्नुपर्ने बताउनुभयो । पशुसेवा विज्ञ केन्द्र स्याङ्जाले यो रोग नियन्त्रणका लागी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु, कृषकहरुलाई रोग निराकरणका तालिमहरु प्रदान गर्दै आएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...