अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नदिजन्य पदार्थ उत्खनन तथा ओसार–पसारमा प्रयोग भएका दुई टिप्पर र एक स्काभेटर

 
रेडियो आँधीखोला
वालिङ, २९ साउन । 
नदिजन्य पदार्थ उत्खनन तथा ओसार–पसारमा प्रयोग भएका दुई टिप्पर र एक स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ । नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसार गरिरहेको भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जयपते, प्रहरी चौकी बिर्घा र प्रहरी चौकी पिडीखोलाबाट खटिएको प्रहरी टोलीले गल्याङबाट ति सवारी साधन नियन्त्रणमा लिएको हो ।
गल्याङ ५ ठुलोखोला र मोहनडाँडा स्थितमा नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन् तथा ओसार–पसार गरिरहेको अवस्थामा लु .१ क. ५१८५ नम्बरको टिप्पर, लु. १ क. ५१८६ नम्बरको टिप्पर, प्र. ३ ०१००३ क.  ७१२९ नम्बरको स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको हो । ति सावरीलाई वडा प्रहरी कार्यालय वालिङ स्याङ्जा मार्फत आवश्यक कारवाहीको लागि गल्याङ नगरपालिकाको कार्यालय गल्याङ स्याङ्जामा लगिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...