अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

महिला नेतृत्वको सवाल–समावेशी स्थानीय सरकार सवलिकरण कार्यक्रम

news

 
वालिङ, २९ साउन । 
प्राध्यापक कृष्ण खनालले खर्चिलो चुनावले कमजोर वर्ग विस्थापित भएको बताउनु भएको छ । स्याङ्जाको वालिङमा भएको महिला नेतृत्वको सवाल–समावेशी स्थानीय सरकार सवलिकरण कार्यक्रम समापन
मा प्राध्यापक खनालले पैसा हुनेले मात्रै चुनावमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो,“ज्ञान,सिप र उत्कृष्ट क्षमता हुँदाहुँदै पनि पैसाको अभावमा राजनीतिबाट बिस्तापित हुनु परेको छ, जुन सारै दुःखद हो ।” यस्तो अवस्थामा परिवर्तन ल्याउन सबै लाग्नु पर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा संविधान सभा सदस्य तथा दलित महिला केन्द्र नेपालका अध्यक्ष लक्ष्मी परियारले महिलाको नेतृत्व स्थापित गर्न सवै चनाखो हुनु पर्ने बताउनु भयो ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएकी परियारले पार्टीको निर्णय तहमा महिला तथा पछाडि परेको समूहलाई सहभागि गराउने आफूहरुको अभियान भएको बताउनु भयो ।
वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले महिलालाई नेतृत्वमा पु¥याउन क्षमताको समेत विकास गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“आगामी चुनावमा महिलालाई वडा अध्यक्षको रुपमा पुग्ने गराउन राजनीतिक दलहरुले अहिलेबाट नै तयारी थाल्नु पर्दछ ।” महिलाहरु सक्षम भएको र अवसरको लागि तयार रहेको उहाँको भनाइ छ ।
राजनीतिक दलको नेतृत्वमा बस्नेहरुको सोचमा परिवर्तन आउन जरुरी रहेको बताउनु भयो । नेतृत्वले हेर्ने देष्टिकोणले पछाडि परेको समूहको पहुँचमा सकारात्मक बृद्धि हुने स्पष्ट हुने स्पष्ट पार्नु भयो ।
वालिङ नगरपालिकाको आयोजना तथा दलित महिला केन्द्र नेपालको सहकार्यमा आयोजना गरिएको प्रभावकारी र समावेशी स्थानीय सरकार सवलिकरण कार्यक्रम अन्तर्गत ‘स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिको सहभागिता सुनिश्चितता’ बिषयक दुईदिने अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट क्षेत्रीय प्रतिनिधि कमल भित्रिकोटी,नेकपा एमालेका तर्फबाट अनेमसंघ वालिङका अध्यक्ष मैना कोईराला, नेकपा माओवादी केन्द्रको तर्फबाट चुरामणि सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट नगर सभापति सुरेन्द्र काफ्ले, राप्रपा स्याङ्जाका अध्यक्ष शोभा गैह्रे, क्षेत्रीय अध्यक्ष पूर्ण बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय प्रतिनिधि धुर्व गौडेल लगायतले समावेशीता र समानुपातिक व्यवस्थाले तल्लो बर्गलाई पहुँचमा पु¥याउने काम गरेको भन्दै यसलाई अझै सुधार गर्दै लैजानु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रम वालिङ नगरपालिकाका उपप्रमुख तिवारी गैह्रेको अध्यक्षतामा भएको थियो भने सञ्चालन सीता काफ्ले रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि,जनप्रतिनिधि,दलित महिला क्षेत्रका अगुवाहरुको सहभागिता रहेको दलित महिला केन्द्र नेपालका फिल्ड अधिकृत रितेश शदाशंकर (विक)ले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...