समाचार
सुनका गरगहना चोरी भएको भनि झुट्टा सूचना दिने व्यक्ति प्रहरी कारवाहीमा
रेडियो आँधीखोला
वालिङ, ३० साउन ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गरगहना चोरी भएको भनि झुट्टा सूचना दिने व्यक्तिलाई काबाही प्रक्रिया अगाडि बढाएको छ । यहि साउन २७ गते गते दिउँसो फेदिखोला गाउँपालिका ०१ चारघरे बस्ने देवी कुमारी गुरूङले घरबाट ४(चार) थान सुनका गरगहना चोरी भएको भनी झुट्टा सूचना दिनुभएको थियो । ।
प्रहरीले प्राप्त सूचनाको आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी टोली खटिई गई अनुसन्धान गर्दै जाँदा हराएको भनिएको सुन मध्ये ३ (तिन) देवीकुमारीकै घरमा फेला पारेको थियो । यस घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रहरीलाई ताला फेरि सून चोरी भएको भनि सूचना दिएको तर प्रहरी घटनास्थलमा जाँदा ताला नफोडिएको अनुसन्धान गर्दै जाँदा घरमै उक्त सून फेला परेको थियो । प्रहरीले यस्ता झुटा सूचना दिने काम नगर्न आग्रह गरेको छ । पक्राउ परेकी देवकुमारीलाई कानुनी रुपमा कारबाहीको लागी थप प्रक्रिया अगाडि बढेको छ ।
यसैबीच
स्याङ्जाको गल्याङ नगरपालिका –५ रूखापानी र घिमिरेखोला क्षेत्रमा अवैध रूपमा ढुङ्गा ओसारपसार भइरहेको भन्ने प्राप्त विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जयपतेबाट खटिएको टोलीले दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।
प्रहरीका अनुसार साउन २९ गतेको अपरेसनमा ग १ त ७१५५ र लु ४ त ६५६७ नम्बरका ट्याक्टर नियन्त्रणमा लिइएको हो । पक्राउ परेका ट्याक्टरहरूलाई वडा प्रहरी कार्यालय वालिङमार्फत आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले प्राकृतिक स्रोतको अवैध दोहन रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको बताए । उनले अवैध उत्खनन र ओसारपसारमा संलग्नलाई कानूनी दायरामा ल्याउने कार्यलाई थप सशक्त बनाइने उल्लेख गरे । यसअघि पनि स्याङ्जाको विभिन्न क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन र ढुवानीमा संलग्न साधनसामग्री नियन्त्रणमा लिएर कारबाही गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।