समाचार
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध गाँजाका बोटहरु नष्ट गर्यो
वालिङ, ३१ साउन ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध गाँजाका बोटहरु नष्ट गरेको छ । लागू पदार्थ नियन्त्रण, समाजमा शान्ति सुरक्षाको प्रवद्र्धन, कानूनको कार्यान्वयन साथै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यहि साउन २४ देखि ३० गतेसम्म जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुमा २५ हजार गाँजाका बोटहरु नष्ट गरेको हो ।स्थानिय तहका पदाधिकारीहरू, युवा क्लव, आमा समूहसँगको सहकार्यमा हरियो गाँजाको बोटहरू फडानी गरी नष्ट गरिएको प्रहरील जनाएको छ । साथै यो कार्यलाई आगमी दिनहरूमा समेत निरन्तरता दिने प्रहरीले जनाएको छ ।