अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

भेषजराज साहित्य प्रतिष्ठान वालिङको चौँथो साधारण सभा

news

 
रेडियो आँधीखोला,
वालिङ ३१ साउन ।
भेषजराज साहित्य प्रतिष्ठान वालिङको चौँथो साधारण सभा तथा ८७औँ नियमित रचना वाचन श्रृंखाला शनिबार वालिङ बहुमुखी क्याम्पस सभाहलमा सम्पन्न भएको छ । साधारण सभाले पुनः यमकान्त खनालको अध्यक्षतामा समिति गठन गरेको छ । 
प्रतिष्ठानको उपाध्यक्ष विष्णुप्रसाद अर्याल, सचिवमा श्यामप्रसाद ढुंगाना, सहसचिवमा कमल बगाले, कोषाध्यक्षमा शम्भु अर्याल रहनुभएको छ भने सदस्यहरुमा लेखनाथ काफ्ले, नारायणप्रसाद रेग्मी, दिपक लम्साल, भिष्म आले, मिठु अर्याल रेग्मी, विष्णु पंगेनी पाण्डे, डोलराज सुवेदी रहनुभएको छ । साधारण सभा तथा नियमित रचना वाचनमा भगवान श्रीकृष्णको महिमको विषयमा विमर्श गरिएको थियो । 
साधारण सभा तथा रचना वाचनको उद्दघाटन गर्दै प्रध्यापक डा शालिकराम सुुवेदीले प्रतिष्ठानले हरेक महिना नियमित रचना वाचन, साहित्यकारहरुलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम गर्दै आएकोमा यसको प्रशंसा गर्दै साहित्यको संरक्षणमा प्रतिष्ठानको महत्वपुर्ण योगदान रहेको बताउनुभयो । साथै स्व. साहित्यकार भेषजराजको योगदानलाई जिवित राख्न पनि यस्ता खालका कार्यक्रमले टेवा पुग्दै आएको प्राडा सुवेदीले बताउनुभयो । 
कार्यक्रममा प्रगतिशिल लेखक संघ स्याङ्जाका अध्यक्ष अनन्त अर्याल, मोहिनीशरण स्मृति प्रतिष्ठानका अध्यक्ष धु्रवशरण उपाध्याय, रणबीर जनहित माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मी, रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापा, पुर्णामृत भवानी माविका प्रधानाध्यापक दिपक लम्साल, दिपक लम्साल, तारा श्रेष्ठ, जेष्ठ नागरिक निलकण्ठ लम्साललगायतले आफ्ना भनाई राख्नुभएको थियो । 
कार्यक्रममा कृष्णप्रसाद अर्याल, निकलकण्ठ लमसाल, ध्रुवराज उपाध्याय, अनन्त अर्याल, दमकला बगाले, इन्द्र पाठक, कमल बगाले, मिठु अर्यालरेग्मी, विष्णु पंगेनी पाण्डे, डोलराज सुवेदी, ढालबहादुर केसीलगायतले कृष्ण अष्टमी विषेश रचना वाचन गर्नुभएको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...