समाचार
श्रीकृष्ण जन्माष्टमी पर्व वालिङमा पनि मनाईयो
रेडियो आँधीखोला,
वालिङ ३१ साउन ।
‘श्रीकृष्णजन्माष्टमी’ पर्व शनिबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने चलन छ भने अष्टमीको भोलीपल्ट अर्थात आज कृष्ण जात्रा देखाउने परम्परा छ तर पछिल्लो समय यो परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ
यता ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय वालिङमा पनि श्रीकृष्ण जन्माष्टमी पर्व मनाईएको छ । कार्यक्रममा शसस्त्र बल नेपाल ३० नंंं गुल्मका डिएसपी कुमार तिमिल्सेना, वालिङ नगरपालिका निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांण, वालिङ ९ का वडा अध्यक्ष अमृत श्रेष्ठलगायतले कृष्णजन्माष्टमीको महिमाको विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रम विद्यालयका प्रमुख कविता दिदिको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत प्रेमकुमारी रेग्मी र संचालन मुक्ति रानाले गर्नुभएको थियो । कार्यक्रममा बह्मकुमार अनुद्धारा कृष्ण जन्माष्टमी किन र कसरी मनाउन शुरु गरिएको भन्ने किम्वदन्तीका विषयमा प्रकाश पार्नुभएको कल्याणी खांणले जानकारी दिनुभयो । कृष्ण अष्टमी पर्वका अवसरमा यहाँका विभिन्न क्लबहरुले तीज तथा नृत्य प्रतियोगिताहरु प्नि आयोजना गरेका थिए ।