अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङ, ५ मा घरमै मृत भेटिए १३ वर्षीय बालक

 
वालिङ, ३ भदौ । 
स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–५, द्वारभञ्ज्याङमा १३ वर्षीय बालक आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेका छन् । स्थानीय श्री सरस्वती आधारभूत विद्यालय मिनाङ्कोटमा कक्षा ८ मा अध्ययनरत निशान थापा मृत फेला परेका हुन् ।
विद्यालयमा परीक्षा सकेर घर फर्किएका निशान घरमै बहिनीसँगै थिए । सो समयमा घरमा उनकी आमा भने छिमेकीको मेलामा गएकी थिइन् । दिउँसोको समयमा वर्षा भइरहेका बेला निशान घरको माथिल्लो तलातर्फ गएको बुझिएको छ । त्यसपछि उनी एक्कासि हराएपछि परिवार र छिमेकीहरूले खोजी गरेका थिए ।
केही समयको खोजीपछि घरकै आटीमा रहेको बाकसभित्र निशानको शव फेला परेको थियो । घटनाबारे जानकारी प्राप्त भएपछि गएराति करिब ९ बजे प्रहरी टोली घटनास्थलमा पुगेको थियो । 
वालिङ–५ का वडाध्यक्ष छवि आलेका अनुसार घटनास्थललाई सिलबन्दी गर्दै प्रहरीको निगरानीमा राखिएको छ । हाल वडा प्रहरी कार्यालय वालिङले घटनाको सूक्ष्म अनुसन्धान जारी राखेको जनाएको छ । पोष्टमार्टम रिपोर्टपछि मात्र निशानको मृत्युको कारण स्पष्ट हुने बताइएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...