अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङमा ६ गते रक्तदान गरिने

 
वालिङ, ५ भाद्र । 
वालिङमा ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयकी पुर्व मुख्य प्रशासिकाको पुण्य तिथिमा रक्तदान गरिने भएको छ । यहि भदौ ६ गते वालिङमा पुर्व मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिको पुण्य तिथिका अवसरमा वालिङ मोडमा रक्तदानको आयोजना गरिएको हो ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय वालिङ साखाको आयोजनामा बृहद रक्तदान कार्यक्रम हुने भएको हो ।
स्व. प्रकाशमणिको १८औँ पुण्य तिथिका अवसरमा यहि भदौ ६, ७, ८ र ९ गते राष्ट्रव्यापी महारक्तदान अभियानको सन्र्दभमा वालिङ ६ गते कार्यक्रमको आयोजना गरिएको वालिङ साखाले जनाएको छ । रगतको कमीले विश्वभर लाखौँ मानिसहरु पिडित भईरहेको भन्दै दुर्घटना, गम्भीर रोगहरु र सर्जरीका क्रममा रगत आवश्यक पर्ने भएकाले रक्तदान जस्तो पुण्य कार्यमा सहभागि भई कार्यक्रम सफल बनाउन आग्रह गरिएको छ । स्वेच्छिक रक्तदान गरि जिवनदान गर्ने यो महाअभियानले विश्व बन्धुत्वतर्फ एक कदम बढाउन मद्दत गर्नेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...