अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङमा रक्तदान २६ जनाले रक्तदान गरे

 
वालिङ, ७ साउन । 
शुक्रबार वालिङमा रक्तदान कार्यक्रम गरिएको छ । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयकी पुर्व मुख्य प्रशासिकाको पुण्य तिथिमा रक्तदानको आयोजना गरिएको हो  । पुर्व मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिको पुण्य तिथिका अवसरमा वालिङ मोडमा  गरिएको रक्तदान कार्यक्रममा २५ जना पुरुष र १ जना महिला गरी २६ जनाले रक्तदान गरेका छन् । 
ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय वालिङ साखाको आयोजनामा आयोजित बृहद रक्तदान कार्यक्रमको अवसरमा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले रक्तदान जिवनदान भएकाले यस्तो पुणित कार्यमा जोकोहि पनि सहभागि हुनुपर्नेमा जोड दिनुभयो । ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालयले आयोजना गरेको यो कार्य निकै सराहनीय रहेको भन्दै विद्यालयले जिवन जिउने कलादेखि हरेक सकरात्मक कार्य गर्दै आएकोमा प्रशंसा गर्नुभयो । कार्यक्रममा नेपाली कांगे्रसका सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर कमिटि अध्यक्ष शोभाकान्त पौडेललगायतले कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएको थियो । 
विद्यालयका प्रमुख कविता दिदिले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने उहाँकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन ओम शर्माले गर्नुभएको थियो 
स्व. प्रकाशमणिको १८औँ पुण्य तिथिका अवसरमा यहि भदौ आजदेखि ९ गतसम्म राष्ट्रव्यापी महारक्तदान अभियानको सन्र्दभमा शुक्रबार वालिङमा कार्यक्रमको आयोजना गरिएको हो । रगतको कमीले विश्वभर लाखौँ मानिसहरु पिडित भईरहेको भन्दै दुर्घटना, गम्भीर रोगहरु र सर्जरीका क्रममा रगत आवश्यक पर्ने भएकाले रक्तदान जस्तो पुण्य कार्यमा सहभागि भई रक्तदान गर्नुभएका महानुभावहरुलाई विद्यालयले आभार व्यक्त गरेको  छ ।  स्वेच्छिक रक्तदान गरि जिवनदान गर्ने यो महाअभियानले विश्व बन्धुत्वतर्फ एक कदम बढाउन मद्दत गर्नेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...