अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु

 
वालिङ, ८ भदौ । 
स्याङ्जाको पुतलीबजार नगरपालिकामा करेन्ट लागेर शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट गुज्रा नगरपालिका १ रंगपुर घर भई हाल पोखरा फाईबर नेटमा काम गर्ने स्याङ्जा पुतलीबजार नगरपालिका १ ठाडोलाईनमा डेरा गरी बस्ने २५ वर्षीय अरुण कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
चौधरी पुतलीबजार नगरपालिका ९ कोल्मास्थित नेटको कामको लागि बिजुलीको पोलमा आलमुनियमको भर्याङ लगाउने क्रममा बिजुलीको तारमा भयाङले छुँदा करेन्ट लागेर घाइते हुनुभएको थियो । उहाँले उपचारको लागि प्रदेश अस्पताल पुतलीबजार स्याङ्जा लगेकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...