अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नियन्त्रित लागू औषधसहित २ जना नियन्त्रणमा

 
वालिङ, १० भाद्र । 
स्याङ्जाको राम्दीमा आज दिउसो नियन्त्रित लागू औषधसहित दुई जना पक्राउ परेका छन् । गल्याङ नगरपालिका १ राम्दीस्थित सिद्धार्थ राजमार्गमा वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्नेक्रममा बुटवलबाट पोखरातर्फ आउँदै गरेका दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लु १ ख ५४५१ नम्बरको यात्रुवहाक बसमार सवार कास्कीको पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्ने २३ वर्षीय साजन ठकुरी र सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिनुभयो ।
पक्राउ परेका ब्यक्तिहरुको साथबाट प्रहरीले डाईजेपाम ३६ एम्पुल, नुफिन ३७ एम्पुल, फेनारगन ३७ एम्पुल गरी कूल ११० एम्पुल नियन्त्रित लागू औषध नियन्त्रणमा लिएको हो । 
फरार कसुरदार पक्राउ
अंशबण्डा तथा कुटपिट मुद्दाका फरार कसुरदारलाई सोमबार स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । 
 
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अप्रेशन टोलीले स्याङ्जा जिल्ला अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो ।
 
कुटपिट मुद्दामा भीरकोट २ की टोपला बिक पक्राउ परेकी हुन् । बिकलाई ५ सय २७ रुपैयाँ जरिवाना भुक्तान गर्नुपर्ने देखिएको छ । 
त्यस्तै पुतलीबजार नगरपालिका १३ का सन्तबहादुर दर्जीलाई अंशबण्डा मुद्दामा ६ हजार ४४५ जरिवाना गर्ने फैसला भएकोमा निजको मृत्यु भएकाले लगत कट्टा गरिएको हो ।
जरिवाना तोकिएकाहरु फरार रहेकाले पक्राउ गरी जरिवाना भुक्तानकालागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।
सम्मानित अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने गरी अगाडि बढेको सूचना अधिकारी चौधरीले बताउनुभयो ।
 
प्रहरीले न्यायिक कारवाहीलाई पूर्णता दिंदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताकालागि विशेष अप्रेसनहरु सञ्चालन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पछिल्ला दिनहरुमा फरार कसुरदारहरुको खोजी कार्यलाई तिब्रता दिएसँगै पक्राउ पर्नेक्रम पनि बढेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...