समाचार
काफलडाँडा सडकमा वैकल्पिक मार्ग अपनाउन ८ नम्वर वडा कार्यालयको अनुरोध
वालिङ, १२ भाद्र ।
वालिङदेखि काफलडाँडा रोग्दीठाँटी सडकमा गुड्ने सवारी साधनहरुले वैकल्पिक मार्ग प्रयोग गर्न ८ नं वडा कार्यालयले सूचना जारी गरेको छ । वालिङ ८ को भुङ्गानेदेखि सडक निर्माणको कार्य सुचारु भएकाले वैकल्पिक मार्ग चिथा भञ्ज्याङदेखि बोगटी डाँडाको बाटो प्रयोग गर्न वडा कार्यालयले सूचना जारी गरेको हो । निर्माण कार्य सम्पन्न नहुँदासम्म यही भदौ १२ गते विहिबारदेखि उक्त बाटोलाई वैकल्पिक मार्गकोरुपमा प्रयोग गर्न वडा कार्यालयले सूचना जारी गरेको छ ।
वालिङ रोग्दीठाँटीका लागि चिथा भञ्ज्याङ छेउडाँडा बोगटीडाँडाको बाटोको प्रयोग गर्न वडाद्धारा जारी सूचना मार्फत जानकारी गराइएको हो । वालिङदेखि चिथाभञ्ज्यासम्म कालोपत्रेसहित पक्की सडक निर्माण हुने वडा कार्यालयले जनाएको छ । लामो समयदेखि निर्माण कार्य अलमलमा परेको यो सडक कालोपत्रेसहित पक्की बन्ने भएपछि यातायात व्यवसायी एवम् सरोकारवालाहरुलाई राहतको महसुर गराएको छ ।