अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ जेसीजको २२ ओै स्थापना दिवसमा जिल्लास्तरीय मेन्स तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता

news

 
रेडियो आँधीखोला
वालिङ, १३ भाद्र । 
वालिङ जेसीजको २२ औँ स्थापना दिवसका अवसरमा जिल्लास्तरीय सि लेभल डबल मेन्स तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उद्दघाटन गरिएको छ । सन २००४ मा स्थापना भएको वालिङ जेसिजले २२औँ स्थापना दिवसका अवसरमा डबल मेन्स तथा भेट्रान्स ब्याडमिन्टनको आयोजना गरेको हो । 
प्रतियोगिताको उद्दघाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले वालिङ जेसिजले वालिङको पहिचान माथि उठाउन महत्वपुर्ण भुमिका खेल्दै आएको बताउनुभयो । साथै उहाँले जेसिजले शुरुवात गरेको गुलाबी शहरको अवधारणा अहिले पिंक सिटिको रुपमा वालिङले पहिचान बनाएको बताउँदै युवाहरुलाई संगठित गरी विकास निर्माण तथा सामाजिक अभियानहरुमा जोड्नका लागी पनि जेसिजको योगदान महत्वपुर्ण रहेको सांसद अर्यालले बताउनुभयो । 
वालिङ जेसिजले यहाँको पहिचानदेखि यहाँका नागरिकलाई सचेत बनाउन र समाज रुपान्तरणमा पनि जेसिज युवाहरुले अतुलनीय योगदान पु¥याएको उहाँले बताउनुभयो । कार्यक्रममा गरिमा विकास बैंकका क्षेत्रिय कार्यालय प्रमुख लेखनाथ भट्राई, वडा नं. १४ का वडा अध्यक्ष बोधराज कुँवर, वालिङ जेसिजका संस्थापक अध्यक्ष तथा रणबीर माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रममा वालिङ जेसिज लोगो अंकित निलो कलरको टिर्सट समेत सार्वजानिक गरिएको थियो । कार्यक्रम वालिङ जेसिजका अध्यक्ष सन्दिप कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन महासचिव भानुभक्त आचार्यले गर्नुभएको थियो । प्रतियोगितामा सि लेभल डबल मेन्स तथा भेट्रान्स ब्याडमिन्टन दुवैतर्फ प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमश २५ हजार, १५ हजार, ५÷५ हजार नगद र मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३८ जना खेलाडिहरुको सहभागिता रहेको थियो । 
प्रतियोगितामा भेटान्सतर्फ युवराज आले र डोलराज काफ्लेको जोडी प्रथम, सुरेश सुवेदी र खगेन्द्र रिएमीको जोडि द्धितिय, किरण खांण र बिरु थपाको जोडी र लालबहादुर आले र चुणमणी थापाको जोडी तृतिय गरी दुई जोडी तृतिय भएका छन् । त्यस्तै सि लेबलतर्फ आशिष शाही र अनिल हिताङको जोडि प्रथम, विमल खांण र विरु गुरुङको जोडि द्धितिय, दुलुङ युवाक्लबका विरबहादुर राना र रोशन थापाको जोडि र नवप्रभावत युवाक्लबका प्रविन सुवेदी र प्रदिप कुमालको जोडि तृतिय भएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...