अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

सङ्घीय निजामति, भूमि तथा शिक्षा विधेयक यही महिनाभित्र पारित गर्ने तयारी

news

  भदौ १३, काठमाण्डौ – महत्त्वपूर्ण तीनवटा विद्येयक यही भदौ महिनाभित्र पारित गर्ने तयारी भएको छ । प्रतिनिधिसभाअन्तर्गत आज बस्ने कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले विधेयक पारित गर्ने कार्यतालिका अनुमोदन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकले भूमिसम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ । त्यसैगरी भदौ १९ गते सङ्घीय निजामती विधेयक पारित गर्ने र भदौ २६ गते संसदबाट शिक्षा विधेयक पारित गर्ने तयारी भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउने सङ्घीय संसद सचिवालयले जनाएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...