समाचार
लागुऔषध सहित दुई जना पक्राउ
वालिङ, १४ भाद्र ।
प्रहरीले लागूऔषध बरामद गरेको छ । गल्याङ नगरपालिका वडा नम्बर–०१ राम्दी स्थित सिद्धार्थ राजमार्गमा वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दी स्याङ्जाबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा दुई युवक लागूऔषध सहित पक्राउ परेका हुन् ।
बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु. १ ख. ८४५२ नम्बरको यात्रुवहाक बसमा सवार रहेका पोखरा महानगरपालिका वडा नम्बर–३२ लेखनाथ बस्ने २४ वर्षीय अजय परियार र ३० वर्षीय अमृत थापा नियन्त्रित लागू औषध सहित पक्राउ परेका हुन् ।
उनीहरको साथबाट डाईजेपाम– ३४ एम्पुल, नुफिन– ३४ एम्पुल, फेनेरागन–३४ एम्पुल, जम्मा १०२ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक प्रशन्नराज चौधरीले बताउनुभयो ।