अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

गैर सरकारी संस्था महासंघ स्याङ्जाको २०औं साधारण सभा सम्पन्न

news

 
वालिङ, १६ भाद्र । 
गैर सरकारी संस्था महासंघ स्याङ्जाको २०आंै साधारण सभा एवम् ८ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले एक नारायण सापकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । नव निर्वाचित समितिको उपाध्यक्षमा युवराज पराजुली, सचिवमा मीन बहादुर थापा, कोषाध्यक्षमा देवि बस्याल नेपाली, उपसचिवमा शिव पोखरेल चयन हुनुभएको छ । समितिको सदस्यहरुमा सुनिता पौडेल गौतम, पवन मरासिनी, शान्ता नेपाली चयन भएका छन । महासंघ गण्डकीका उपाध्यक्ष पदम राज पहारी संयोजकत्वको निर्वाचन मण्डलले सो कार्यसमिति घोषणा गरेको हो ।
२०औं साधारणसभाको अवसरमा संस्थाका अध्यक्ष गोविन्द प्रसाद शर्माले संस्थागत प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैबीच, महासंघ स्याङ्जाले साधारण सभा तथा अधिवेशन गर्नुपुर्व आईतबार नै संघ संस्था सम्बन्धी मस्यौदा ऐन २०८२ केन्द्रित अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।
सो कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगर प्रमुख तुलसी राम रेग्मीले लोकतान्त्रिक र गणतान्त्रिक मुलुकमा सविधान विपरित कानुन ल्याएर सरकारले गैर सरकारी सस्थाहरुलाई अंकुस लगाउन खोजेको धारणा व्यक्त गर्नुभयोे । सामाजिक संघ सस्थालाइ उर्जा दिने किसिमको ऐन कानुन बनाउनुपर्नेमा नगर प्रमुख रेग्मीको जोड थियो ।
कार्यक्रममा गैर सरकारी सस्था महासंघ नेपालका केन्द्रिय सचिव राजेन्द्र पौडेल, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जिवन पौडेल, फेकोफन स्याङ्जाका अध्यक्ष तारा शर्मा, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा, पत्रकार महासंघ स्याङ्जाका सहसचिव रमेश गोदारलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा सस्थाका अध्यक्ष शर्माले महासंघ स्याङ्जाले आफ्नो कार्यकालमा ११ वटा स्थानीय तह मध्ये अधिकाश स्थानीय तहसम्म पुगेर त्यहाका गैर सरकारी संघ सस्थाहरुसङ्ग समन्वय र सहकार्यसंगै क्षेत्र विस्तार गरेको बताउनुभयो । सो कार्यक्रमका बिच महासंघ स्याङ्जाका पुर्व अध्यक्षहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कमल प्रसाद पौडेल, रुकुम दत्त शर्मा र राम चन्द्र गौतम रहनुभएको छ । महासंघ स्याङ्जाका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मीन थापाले स्वागत एवम् संचालन सचिव एकनारायण सापकोटाले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...