समाचार
निजी विद्यालयहरूको विरोध प्रदर्शनः कालो झण्डा सहित बस ¥याली
रेडियो आँधीखोला
वालिङ, १७ भाद्र ।
विद्यालय शिक्षा विधेयक, २०८० को विरोधमा स्याङ्जाको वालिङमा निजि विद्यालयहरुले कालो झण्डा सहित बस ¥याली गरेका छन् । देशव्यापी कार्यक्रम अन्र्तगत सोमबार कालो झण्डा सहित बस¥याली गरिएको प्याप्सन वालिङ क्लष्टरल जनाएको छ ।
वालिङमा रहेका १२ निजि विद्यालयहरुका २८ वटा बस तथा भ्यानले कालो झण्डा सहित मिर्दि, तल्लो वालिङ, भिआईपि टोल तथा वालिङ स्थित विभिन्न बजारहरुको परिक्रमा गरि पुनः मोडमा आएर ¥याली समापन गरिएको हो । ¥यालीमा सहभागि सवारी साधनमा कालो झण्डा र ब्यानर प्रर्दशन गरिएको थियो । निजि विद्यालयका सञ्चालकहरु केहि दिनदेखि विद्यालय शिक्षा विधेयकका विरुद्ध चरणबद्ध रुपमा आन्दोलित छन् ।
निजी विद्यालय सञ्चालकहरूले यसअघि नै विभिन्न माध्यमबाट सरकारलाई विधेयकका केही बुँदाहरू सच्याउन आग्रह गरेका थिए तर उनीहरूको माग सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको प्याप्सनल जनाएको छ ।
निजी विद्यालय सञ्चालकहरूको सरकारसंग ५ बुँदे माग गरेका छन् । उक्त मागमा विधेयकमा उल्लेख गरिएको “पूर्ण छात्रवृत्ति” भन्ने शब्द खारेज गर्नुपर्ने, कम्पनी ऐनअन्तर्गत दर्ता भएका विद्यालयलाई “गैरनाफामूलक” बनाउन खोजिएको प्रावधान खारेज गर्नुपर्ने, छात्रवृत्ति सम्बन्धी २०२१ को ऐन, २०६० को नियम र २०७७ को संशोधनमा रहेका विभेदकारी दफा खारेज गर्नुपर्नेलगायत रहेका छन् । निजी विद्यालय सञ्चालकहरूले माग पूरा नभएसम्म आन्दोलनलाई अझ कडा बनाइने चेतावनी दिएका छन् ।