समाचार
भीरकोटमा निवृत्त राष्ट्र सेवक समिति गठन
रेडियो आँधीखोला
वालिङ, १८ भाद्र ।
निवृत्त राष्ट्र सेवक समाज नेपाल भीरकोटको नयाँ समिति गठन गरिएको छ । मंगलबार भीरकोट नगरपालिका प्रमुख गोविन्दकुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको हो । कार्यक्रममा नगरप्रमुख कर्माचार्यले निवृत्त राष्ट्र सेवकको विचार र सुझावलाई ग्रहण गर्दै समृद्ध भीरकोट नगरका लागी सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । निवृत्त राष्ट्र सेवक समाजका जिल्ला उपाध्यक्ष तोयनाथ अर्यालको विषेश उपस्थितिमा नयाँ समिति गठन गरिएको हो । नयाँ समिति डोलराज केसीको अध्यक्षतमा गठन गरिएको हो । उपाध्यक्षमा गंगाधर शर्मागौतम, सचिवमा प्रेमनारायण खनाल, सहसचिवमा लिलाप्रसाद रेग्मी, कोषाध्यक्षमा जब्बर अलिमियाँ रहनुभएको छ । सदस्यहरुमा यामुना वाग्ले, लोकमाया गौतम, विश्वप्रसाद रेग्मी, पदमबहादुर कार्की, चेतनबहादुर गाहा, सुर्यप्रसाद तिवारी, हरि ढुंगाना, ज्ञानबहादुर केसी, शिवप्रसाद रेग्मी, मित्रलाल पौड्याल रहनुभएको छ । कार्यक्रम डोलराज ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।