अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

‘नानी–शुक स्मृति शिक्षा पुरस्कार–२०८२’ बाट स्याङ्जाका शिक्षाप्रेमी एवं समाजसेवी तेजप्रसाद काफ्लेलाई सम्मान गर्ने निर्णय

 
रेडियो आँधीखोला
वालिङ, १९ भाद्र । 
नानी–शुक स्मृति प्रतिष्ठान, पोखराले यस वर्षको ‘नानी–शुक स्मृति शिक्षा पुरस्कार–२०८२’ बाट स्याङ्जाका शिक्षाप्रेमी एवं समाजसेवी तेजप्रसाद काफ्लेलाई सम्मान गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई शिक्षा र समाजसेवामा उल्लेख्य योगदान दिने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले प्रतिष्ठानले हरेक २ वर्षमा यो पुरस्कार प्रदान गर्दैआएको छ । पुरस्कारको राशि नगद २५ हजार ५२५ र ताम्रपत्र छ । २०६२ सालमा शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा उहाँको परिवारले ९ लाखको अक्षयकोष स्थापना गरी सोको ब्याजबाट पुरस्कार दिने व्यवस्था गर्दै आएको छ । 
प्रतिभा छनोटका लागि प्रतिष्ठान उपाध्यक्ष हेरम्बप्रसाद कोइराला, आजीवन सदस्यहरु पुण्यबहादुर हिराचन, दीर्घसिंह लालचन, ज्ञानेन्द्रकुमार लालचन, पूर्णबहादुर हिराचन र संरक्षक वीरेन्द्र हिराचन रहेको ६ सदस्यीय समिति गठन गरिएको थियो । प्रतिष्ठान अध्यक्ष तारानाथ गौतम ‘पाखे’ को अध्यक्षतामा बसेको बैठकले समितिको सिफारिस अनुमोदन गरेको हो । पुरस्कृत हुन लाग्नुभएका काफ्ले वालिङ–२ निवासीे ८१ वर्षीय हुनुहुन्छ । 
उहाँ वालिङ बहुमुखी क्याम्पसका संस्थापक एवं पूर्व क्याम्पस प्रमुख हुनुहुन्छ । उहाँले भागवत् तथा पुराण वाचनसमेत गर्दै आउनुभएको छ । प्रतिष्ठानको असोज १ गते हुने २१ औं वार्षिकोत्सव तथा सम्मान समारोह अवसरमा उक्त पुरस्कार अर्पण गरिने प्रतिष्ठान सचिव मखनलाल हिराचनले बताउनुभयो । 
यसअघि, नानी शुक स्मृति शिक्षा पुरस्कारबाट भक्ति हिराचन मुस्ताङ, अनन्तनाथ पौडेल कास्की, पद्मराज कोइराला कास्की, दीव्यरमण अर्याल तनहुँ, पद्मसिं विश्वकर्मा बागलुङ, कृष्णप्रसाद पौडेल अर्घाखाँची, पूर्णभद्र नेउपाने लमजुङ, लोकनाथ आचार्य पर्वत, नैनकुमार श्रेष्ठ म्याग्दी सम्मानित भइसक्नुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...