अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

गल्याङ जेसीजलाई ‘सबैभन्दा प्रभावशाली सामुदायिक विकास परियोजना’ अवार्ड

news

 
रेडियो आँधीखोला
वालिङ, १९ भाद्र । 
युवाको नेतृत्व क्षमता र व्यक्तित्व विकाससँगै सामाजिक उत्तरदायित्वमा सक्रिय गल्याङ जेसीज प्रतिष्ठित राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । यही भदौ १४ र १५ गते दमौलीमा सम्पन्न नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनमा गल्याङ जेसीजलाई ःयकत क्ष्mउबअताग िऋयmmगलष्तथ म्भखभयिऊभलत एचयवभअत ब्धबचम प्रदान गरिएको हो। यो अवार्ड सामुदायिक विकासमा दीर्घकालीन प्रभाव पार्ने परियोजना सञ्चालन गर्ने संस्थालाई दिइन्छ ।
गल्याङ जेसीजले गत वर्ष समाजमा नेतृत्व तथा व्यक्तित्व विकास तालिम, सामाजिक सचेतनामूलक अभियान, सांस्कृतिक गतिविधि र डिजिटल प्लेटफर्ममार्फत गल्याङलाई राष्ट्रिय स्तरमा चिनाउनेजस्ता महत्वपूर्ण काम गरेको भन्दै अवार्ड प्रदान गरिएको हो ।
नेपाल जेसीजको आयोजना र व्यासनगर जेसीजको आतिथ्यतामा सम्पन्न सो सम्मेलनमा नेपाल जेसीजकी कार्यकारीणी उपाध्यक्ष एवं सम्मेलन सभापति जेसी एलिना महर्जन र राष्ट्रिय उपाध्यक्ष जेसी अभिषेक दुलालले गल्याङ जेसीजका अध्यक्ष जेसी ज्ञानेन्द्र पाठकलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी, सम्मेलनकै क्रममा आयोजित वक्तृत्वकला प्रतियोगितामा गल्याङ जेसीजका उपाध्यक्ष जेसी माधव कँडेलले तृतीय स्थान हासिल गर्दै गल्याङलाई थप गौरवान्वित बनाउनुभएको छ । 
गत एक वर्षयता स्याङ्जाको गल्याङ जेसीजले विभिन्न गतिविधि र अभियानमार्फत नगरलाई सामाजिक उत्तरदायित्व, युवाको क्षमता अभिवृद्धि र सामुदायिक विकासमा सक्रिय भूमिकामा अघि सारेको प्रमाण यस अवार्डले थप प्रष्ट पारेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...