अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

चक्रकमलाको अध्यक्षमा पौडेल

 
 
रेडियो आँधीखोला,
वालिङ २१ भदौ ।
पुतलीबजार नगरपालिका १० राङखोलामा रहेको चक्रकमला आधारभुत विद्यालयमा एक अभिभावक भेला सम्पन्न भएको छ । सोही भेलाले कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । 
कार्यक्रममा पुतलीबजार नगरपालिका १० का वडा अध्यक्ष अग्निप्रसाद पौडेल, पूर्व वडा अध्यक्ष दुर्गाबहादुर शाह, नेपाली कांग्रेस पुतलीबजार नगर सभापती सुरजकुमार अधिकारी, पूर्व प्रअ कृष्ण प्रसाद पौडेल, नेकपा एमाले स्याङजाका सचिवलय सदस्य निर्पल कुमार श्रेष्ठ, सिद्धबाबा यातायात सेवा प्रा.लि.का महासचिव सितल जंग केसी र शिक्षक अभिभावक संघका अध्यक्ष शिव प्रसाद तिमल्सीना लगायतले मन्तव्य राख्नुभएको थियो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज मानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक सुमित्रा तिमिल्सीनाले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रअ शिव प्रसाद पौडेलले राख्नुभएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...