अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङमा विद्यार्थी स्वागत तथा पढ्दै कमाउदैसम्बन्धी अभिमुखीकरण

news

 
वालिङ, २२ भाद्र । 
स्याङ्जाको वालिङमा विद्यार्थी स्वागत तथा पढ्दै कमाउदैसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । वालिङ १० को फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको कक्षा १२ का विद्यार्थीले ११ लाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको हो ।
 
कार्यक्रमा नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेशन(निरी) फाउडेशनका अध्यक्ष एवम् क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर डा. तारा सिग्देलले विद्यार्थीलाई कमाउदै पढ्दै कार्यक्रमकाबारे अभिमुखीकरण गर्नुभएको थियो । अमेरिका लगायतका विभिन्न देशमा विद्यार्थीलाई अध्ययनकै क्रममा आफूहरुलाई व्यवसायसँग समाहित गर्दै उनीहरुले आय आर्जन गर्छन भने नेपालमा त्यस्तो अभ्यास नभएकाले परीक्षणकारुपमा गर्न लागिएको प्रोफेसर डा. सिग्देलले बताउनुभयो । 
 
त्यसका लागि पहिलो चरणमा नेपालमा दुईवटा विद्यालय छनौट गरिएका हुन् । उहाँले भन्नुभयो, “यस अन्तर्गत ११ कक्षामा पढ्दै गरेका भद्रकाली मावि पोखरा र पूर्णामृत भवानी मावि गरी दुईवटा विद्यालयमा परीक्षणकारुपमा पढ्दै कमाउदै कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यसमा विद्यार्थीहरुलाई १५ वटा समूह बनाएर १० देखि २० हजारसम्म सिडमनी प्रदान गरिने छ । यसलाई कमाउदै पढ्दै गर्ने सिकाई गराइने छ । यसमा  घाटा परेमा फाउण्डेशनले बेहोर्ने छ भने भएको कमाई विद्यार्थीलाई वितरण गरिने छ ।”
 
विद्यालयका शिक्षक एवम् कार्यक्रम संयोजक प्रदिप बगालेले अमेरिकालगायतका देशहरुमा अध्ययनकै क्रममा कमाई गर्ने जुन अभ्यस छ त्यसलाई हामीले स्थानीय स्तरमा पनि सिकाई गराउन लागिएको जानकारी गराउनुभयो । यस अन्तर्गत पहिलो चरणमा वित्तीय सेवा सम्बन्धी अभिमुखीकरण गराइसकिएको छ भने अहिले यो दोस्रो चरणको कार्यक्रम गर्न लागिएको हो । 
 
संयोजक बगालेका अनुसार कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुका लागि लन्च गरिएको कार्यक्रममा अहिले एउटा विद्यालयमा ५ जनाका दरले १५ देखि २० समूह रहनेछन् । उनीहरुले १० देखि २० हजारसम्मको बीउपूँजी पाउने छन् । विद्यार्थीले हप्ताको ६ दिन साविकको कक्षामा अध्ययन गर्नेछन् भने १ दिन पढ्दै कमाउदै कार्यक्रम मा सहभागी हुने छन् । 
 
विशेषगरी कृषि, उत्पादन, सेवा र प्रविधिसँग सम्बन्धित सिकाई हुनेछ । अहिले पाइलोट प्रोग्रामकारुपमा गरिएको र ६ महिनापछि पुनः प्रोमोशन गर्दै लैजान सकिने संयोजक बगालेले उल्लेख गर्नुभयो । कार्यक्रममा कक्षा १२ ले ११ का विद्यार्थीहरुलाई स्वागत तथा नृत्यसहितका साङ्गीतिक प्रस्तुतिद्वारा मनोरञ्जन प्रदान गरिएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...