अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

आज खग्रास चन्द्रग्रहण

news

 

भदौ २२, भदौ शुक्ल पूर्णिमाका दिन आज आइतवार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आजराति १० बजेर ११ मिनेटमा स्पर्श गर्नेछ । राति ११ बजेर ५६ मिनेटमा चन्द्रग्रहणको मध्य हुनेछ ।

त्यस्तै राति १ बजेर ४१ मिनेटमा ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार साढे तीन घण्टा काठमाण्डौबाट चन्द्रग्रहण देखिनेछ । यो ग्रहण यसवर्षको पहिलो ग्रहण हो ।

यसै वर्ष फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...