समाचार
दुई फरार प्रतिवादी पक्राउ
रेडियो आँधीखोला
वालिङ, २४ भाद्र ।
प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले दुई फरार व्यक्तिलाई पक्राउ गरेको हो ।
अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका पुतलीबजार नगरपालिका वडा नम्बर –०७ ठुलाडिहीका लेस बहादुर थापा र फेँदिखोला गाउँपालिका २ का मैते सार्की पक्राउ पर्नुभएको हो । उहाँहरु मध्ये थापा सवारी ज्यान मुद्धामा २०६२ साल माघ ५ गते कसुरदार फैसला भई १३ दिन कैद भुक्तान गर्न बाँकी रहेको छ भने सार्की सार्की लुटपाट घटनामा २०५६ भदौ २४ गते कसुरदार फैसला भई फरार रहनुभएको थियो ।