अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

स्याङ्जा एफ एम र स्याङ्जा टेलिभिजनले बार्षिकोत्सव मनायो

news

 
वालिङ, २४ भाद्र । 
नयाँ नेपाल निर्माणको आधार, ज्ञान, शक्ति र संचारमा समुदायको अधिकार भन्ने मूल नारा सहित सामुदायिक रेडियो स्याङ्जा एफ एम र स्याङ्जा टेलिभिजनले वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको उदघाटन गर्दे जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तिले आमनागरिकलाई शिक्षित बनाउने उदेश्यले स्याङ्जा सदरमुकाममा पुस्तकालय स्थापना गरिएको बताउनुभयो । 
तत्कालिन राजनीतिक तथा सामाजिक ब्यक्तिहरुको अगुवाईमा पुस्तकालयले जमघट हुने र अध्ययन तथा छलफल गर्ने स्थल बनाएको र आज संचार गृहका रुपमा स्थापित हुन हामी सबैको सुखद खबर भएको बताउनुभयो । उहाँले पुस्तकालयको ई– लाईब्रेरी को अवधारणा शुभारम्भ पनि गर्नुभयो । कार्यक्रममा सल्लाहकारहरू अनन्तराज मरासिनी, ख्यामनारायण शर्मा, ओमप्रकाश शर्मा, भरतप्रसाद लम्साल, लोकनाथ रेग्मी, संघ ताम्राकार ,  नारायणप्रसाद लम्साल, सुरजकुमार अधिकारी, कोषाध्यक्ष चन्द्रमणी पौडेल, प्रमुख व्यबस्थापक रमेश गोदारले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएकोे थियो । 
संस्थाको अध्यक्ष ध्रुबबन्धु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिस्ठ उपाध्यक्ष यादबराज शर्माले स्वागत र सचिब बलराम दोरंगाले संचालन गर्नुभएको थियो । सामुदायिक रेडियो स्याङ्जा एफएम आजबाट सत्रौँ वर्षमा र स्याङ्जा टेलिभिजन सातौंैं बर्षमा प्रवेश गरेको छ । समुदायमा सुचनाको पहुँच विस्तार गर्ने उद्देश्यले वि.सं. २०६६ साल भदौ २३ गते देखि रेडियो र २०७६ भदौ २३ गतेदेखि टेलिभिजन नियमित प्रसारणमा आएका हुन् । 
रेडियो स्याङ्जा तथा टेलिभिजन हाल दैनिक १८ घण्टा प्रशारण हुदैँ आएको  छ । लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयले संचालनमा ल्याएको रेडियो र टेलिभिजनको बार्षिकोत्सवका अवसरमा अझ गुणस्तरीय र श्रोतामुखि समाचार र कार्यक्रम प्रसारण गर्ने अध्यक्ष ध्रुबबन्धु पौडेलले बताउनुभयो । 
५ सय वाट प्रसारण क्षमता रहेको रेडियोको प्रशारण स्याङ्जा, पर्वत, कास्की, तनहुँ, पाल्पा, गुल्मी लगायतका जिल्लामा सुन्न सकिन्छ भने म्याक्स, मेरो, सिम टिभी लगायतका विभिन्न रिसिभर तथा अनलाइनमा टेलिभिजन हेर्न सकिने साथै अनलाइन माध्ययममा विश्वभर सुन्न सकिने संस्थाले जनाएको छ । बार्षिकोत्सवको अवसरमा यसअघि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिसकेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...