अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

जेन जेड समुहको स्याङ्जामा मंगलबार पनि प्रर्दशन

news

 
रेडियो आँधीखोला
वालिङ, २५ भाद्र ।
जेन जेड समुहले मंगलबार पनि प्रर्दशन गरेका छन् । स्याङ्जाका मुख्य बजारहरु पुतलीबजार, वालिङ, गल्याङमा युवाहरुले प्रर्दशन गरेका हुन् । वालिङ मोडबाट शुरु भएको प्रर्दशनी ¥याली तल्लो वालिङ हुँदै भुम्रे, भकुण्डे हुँदै वालिङ मोडमा आएर दिप प्रज्वलन गरेर जेन जेड आन्दोलनमा ज्यान गुमाएका मृतकहरुप्रति श्रद्धान्जली व्यक्त गरेको छ । युवाको समुहले भ्रष्टाचार र बेतिथि विरुद्ध नाराबाजी गरेका थिए भने गोली हान्न पाईदैन, सरकारका विरुद्ध नाराबाजी गरेका थिए भने जेन जेड एकताको समेत नारा लगाएका थिए । ¥यालीले बजार परिक्रमा गरेपछि वालिङ मोडमा मैनबत्ति बालेर मृतकप्रति श्रद्धान्जली व्यक्त गरेका हुन् ।  उता पुतलीबजार नगरपालिकामा जेनजेड समूहले पुतलीबजार नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाली कांगे्रस पार्टी कार्यालय र एमालेको पार्टी कार्यालयमा आक्रमण गरेका छन् । प्रर्दशनकारीले कार्यालयहरुमा ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारले केहि सिसाहरु फुटेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...