समाचार
अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने सवारी नियन्त्रणमा
रेडियो आँधीखोला,
वालिङ ३१ भदौ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने सवारीलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार नगरपालिका –२ अरौंदीखोलाबाट अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने एक ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार भदौ ३० गते दिउँसो करिब ४ बजेर ३० मिनेटतिर खोलाले बगाएर ल्याएको गिट्टी जस्तो देखिने ग्राभेल लोड गरी ओसार–पसार गरिरहेको अवस्थामा ग १ त ४७९३ नम्बरको ट्याक्टर फेला परेको हो ।
उक्त ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।