अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

सुन तोलाको २ लाख १७ हजार पुग्यो

news

काठमाण्डौ – सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा एक हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार दुई सय रुपैयाँ थियो । गएको शुक्रवार तोलाको दुई लाख १५ हजार आठ सय रुपैयाँ रहेको सुनको भाउ अस्ति आइतबार र हिजो केही घटेको थियो ।

यस्तै चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । आज चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको दुई हजार पाँच सय ९५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार पाँच सय ७५ रुपैयाँ थियो ।

सुनको भाउ उच्च रहेको दिन गएको शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार पाँच सय ६५ रुपैयाँ मात्रै थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...