अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने

news

 
३१ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने बताउनुभएको छ । उहांले अब बन्ने मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने उल्लेख गर्नुभयो ।
बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को संरचनाबारे उल्लेख गर्नुभएको छ । ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने हो ‘ उहांले भन्नुभयो । उहांले तीन जना मन्त्री बनिसकेकोले अब थपिने मन्त्रीहरुमा समावेशिता झल्किने गरी व्यक्ति खोजिने जानकारी दिनुभयो । 
‘पोलिटिक्समा नरहनु भएका नन् पोलिटिकल र कुनै संस्थामा काम गरेकाहरुलाई ल्याउँछौं त्यस्ता मान्छे खोजिभइरहेको छ’ उहांले भन्नुभयो । राजनीतिक आबद्धता भएका व्यक्ति मन्त्रिपरिषद्मा राख्दा चुनावको काममा फोकस नहुने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री बनाउने उहांले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...