अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

स्याङ्जामा लोकतन्त्रवादीको संयुक्त बैठक, संविधानको रक्षार्थ दिवस मनाउने

news

रेडियो आँधीखोला,
वालिङ ३१ भदौ ।
स्याङ्जामा गणतन्त्र तथा लोकतन्त्रवादीहरुको संयुक्त बैठक सोमबार बसेको छ । यही अशोज ३ गते संविधान दिवसलाई विशेष गरी संविधानको रक्षार्थ दिवस मनाउने निर्णय गरेको छ । नेकपा एमालेको कार्यालय स्याङ्जामा बसेको बैठकले संविधानको रक्षाका लागि संविधान दिवसको दिन अशोज ३ गते उद्योग वाणिज्य संघ स्याङ्जाको भवन अगाडि विहान ११ भई मुख्य शान्तीपुर्ण गणतन्त्र तथा लोकतन्त्रवादीहरुको ¥यालीले बजार परिक्रमा गर्ने निर्णय भएको नेपाली कांगे्रस पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारीले जानकारी दिनुभयो । बजार परिक्रमा गरी शहिद चोकमा कोणसभामा परिणत हुने कोणसभा कार्यक्रममा मुख्य राजनितिक दलका नेताहरुले सम्बोधन गर्नेछन् । कार्यक्रममा सम्पुर्ण लोकतन्त्र तथा गणतन्त्रवादीहरुलाई सहभागिताका लागी अनुरोध समेत गरिएको छ । 
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादीका नेताहरुको सहभागिता रहेको थियो ।  कार्यक्रममा नेपाली कांगे्रसका जिल्ला सभापति राजु थापा, नेकपा माओवादी केन्द्रका संयोजक शैलेन्द्र घिमिरे, नेकपा समाजवादीका जिल्ला अध्यक्ष शंकरध्वज कार्कीको विषेश सहभागिता रहेको थियो भने नेपाली कांगे्रसका कार्यबहाक सभापति केदार काफ्ले, नेपाली कांगे्रसका प्रदेश सदस्य कुमबहादुर गुरुङ, पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारी, एमालेका जिल्ला उपाध्यक्ष महेश पुरी, सचिव आरसी भट्राई, नेकपा एकिकृत समाजवादीका उपसचिव सन्तोष भण्डारीको समेत उपस्थिति रहेको थियो । बैठक नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...