अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

संविधान दिवसमा स्याङ्जाका ४ प्रमुख दलले संयुक्त कार्यक्रम गर्ने

news

 
वालिङ, १ असोज । 
स्याङ्जा जिल्लामा क्रियाशील प्रमुख चार राजनीतिक दलहरूले संविधान दिवसको अवसरमा संयुक्त कार्यक्रम गर्ने भएका छन्। संविधानको रक्षा र यसको मर्मलाई आत्मसाथ गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले असोज ३ गते संयुक्त शान्तिपूर्ण र्‍याली र कोणसभाको आयोजना गर्ने निर्णय गरेका हुन्।
 
चार दलको संयुक्त बैठकले जेनेरेसन जी आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाका अनुसार, संविधान दिवसकै दिन बिहान ११ बजे जिल्ला उद्योग वाणिज्य संघको कार्यालय अगाडिबाट र्‍याली सुरु हुनेछ। यो र्‍याली सहिद चोकमा पुगेर कोणसभामा परिणत हुनेछ।
 
कोणसभालाई नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापा, नेकपा एमालेका अध्यक्ष सूर्यकुमार गैह्रै (पारस), नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शैलेन्द्र घिमिरे र नेकपा एकीकृत समाजवादीका अध्यक्ष शंकरध्वज कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...