अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

संविधान रक्षार्थ स्याङ्जामा राजनीतिक दलद्धारा संयुक्त कार्यक्रम

news

 
रेडियो आँधीखोला
वालिङ, ४ असोज । 
संविधान दिवसको अवसरमा संविधान रक्षार्थ स्याङ्जा जिल्लाका प्रमुख चार राजनीतिक दलहरूले संयुक्त कार्यक्रम सम्पन्न गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा संविधानमाथि भइरहेको चुनौती र संविधानको रक्षार्थका विषयमा आ–आफ्ना प्रतिक्रिया व्यक्त गरेका थिए  ।
संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति राजु थापाले संविधानलाई समावेशी दस्तावेज भन्दै सहमतिको आधारमा मात्रै संशोधन सम्भव हुने बताउनुभयो । उहांले जेन–जेड आन्दोलनका जायज मागलाई सबै दलले समर्थन गर्ने उल्लेख गर्दै विदेशी शक्तिको हस्तक्षेपका बीचमा संविधान रक्षाका लागि दलहरू एकताबद्ध हुनुपर्नेमा  जोड दिनुभयो । 
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रदेश सांसद सीता सुन्दासले २०७२ को संविधान लोकतान्त्रिक आन्दोलनको उपज भएकाले यसको रक्षा नै राष्ट्रिय जिम्मेवारी रहेको बताउनुभयो । सभामा सहभागी सबै दलका नेताहरूले जेन–जेड आन्दोलनले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासनका मागलाई उचित ठहर गर्दै संविधानभित्रै समाधान खोज्नुपर्नेमा एकमत जनाउनुभयो । 
नेपाली कांगे्रस गण्डकी प्रदेश उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारीले संविधान कार्यान्वयनकै बेला युवा आन्दोलनमा बाह्य हस्तक्षेप देखिएको भन्दै राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारश) ले विदेशी शक्तिले अस्थिरता मोलाइरहेको आरोप लगाउँदै संविधान र जनताका मागलाई सम्बोधन गर्न सबै दलको साझा संकल्प आवश्यक रहेको बताउनुभयो । 
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शैलेन्द्र घिमिरे, नेकपा एकिकृत समाजवादीका अध्यक्ष शंरकध्वज कार्की, पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी, आँधीखोला गाउँपालिका अध्यक्ष विश्व पौडेल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मालगायतले संविधानको रक्षार्थ सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो । 
यही भदौ २३ र २४ गते देशमा घटेको जेनजि आन्दोलन र आन्दोलनमा देशी विदेशी तत्वहरुकको अनाधिकृत हस्तक्षेपका कारण उत्पन्न भएको संवैधानिक संकटबाट देशलाई पार गर्न र नेपालको संविधान २०७२ रक्षार्थ संयुक्त कार्यक्रम गरिएको नेपाली कांगे्रस जिल्ला सचिव दामोदर लम्सालले बताउनुभयो । ¥यालीले स्याङ्जा बजार परिक्रमा गरी कोणसभा गर्ने पुर्व कार्यक्रम रहेपनि मौसम प्रतिकुलताका कारण वाणिज्य संघको भवनबाट शुरु गरि सिधै सिटि हलमा कार्यक्रम गरिएको नेपाली कांगे्रस पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारीले जानकारी दिनुभयो । 
कार्यक्रम नेपाली कांगे्रस जिल्ला सभापति राजु थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन नेकपा एमालेका सचिव रामचन्द्र भट्राईले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...