अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गल्याङ प्रहरी चौकीलाई दैनिक आवश्यक सामग्री हस्तान्तरण

news

 
वालिङ, ६ असोज । 
समृद्ध समाज निर्माणका लागि उद्यमी युवा” भन्ने मुल नाराका साथ गल्याङ जेसीजले नेपाल जेसीजको ६१ औं स्थापना दिवस, संविधान दिवस तथा चाडपर्वहरुको अवसरमा गल्याङ प्रहरी चौकीलाई दैनिक आवश्यक सामग्री हस्तान्तरण गरेको छ । गल्याङ नगरपालिका–३ मा रहेको गल्याङ प्रहरी चौकीमा आयोजित कार्यक्रममा विभिन्न दैनिक प्रयोजनका सामग्रीहरू प्रदान गरिएको हो । 
कार्यक्रममा गल्याङ जेसीजका अध्यक्ष ज्ञानेन्द्र पाठकले समाजको सुरक्षामा प्रहरीको भूमिकाको प्रशंसा गर्दै आवश्यक सहयोग र सहकार्य गर्न जेसीज सधैं अग्रसर रहने बताउनुभयो । उहाँले सुरक्षित समाज निर्माणमा प्रहरीको योगदान महत्वपूर्ण हुने भन्दै जेसीज संस्था सदैव सामुदायिक विकास, सहयोग र सहकार्यमा प्रतिबद्ध रहेको बताउनुभयो ।  
यसै सन्देश सहित आफुहरुले यो अभियानलाई अघि बढाएको उहाँको भनाई छ । जेसिस स्थापना दिवस, संविधान दिवस र चाडपर्वको सन्दर्भमा गरिएको कार्यक्रमले सामुदायिक सहकार्य र सुरक्षाबोधलाई थप बल मिल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । सो अवसरमा गल्याङ जेसिसले स्वास्थ्यसम्बन्धि सामाग्री साथै दैनिक आवश्यकताका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...