अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

केन्द्रिय कारागार र कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

news

 
वालिङ, ८ असोज । 
केन्द्रिय कारागार र कास्की कारागारबाट फरार रहेका कैदी स्याङ्जामा पक्राउ परेका छन् ।  प्रहरीले केन्द्रिय कारागार काठमाडौबाट जेनजिको आन्दोलन भदौ २४ गते रातिको समयमा फरार भएका जबरजस्ती करणी मुद्धाका केदिलाई पक्राउ गरेको हो । चापाकोट नगरपालिका वडा नं. ४ का ३४ वर्षीय विनोद दर्जी विषेश सूचनाको आधारमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी विरुवा अर्चलेबाट खटिएको विषेश अप्रेसन टोलीले मंगलबार विरुवा गाउँपालिका ६ धरादीबाट पक्राउ गरी आवश्यक कारबाहीका लागी प्रहरीले जिल्ला कारागार पठाएको छ । 
यसैबीच कास्की कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कास्की कारगारबाट भागेका स्याङ्जाको भीरकोट नगरपालिका–३ का यमबहादुर रोकालाई पक्राउ गरिएको हो । 
जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र सो मातहतबाट खटिएको विशेष अप्रेसन टोलीले निजकै घरमा बसेको अवस्थामा पक्राउ गरी जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...