अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

सडक छेउछाउमा उत्खनन तथा ओसारपसारमा संलग्न जेसिबि र ट्रयाक्टर नियन्त्रणमा

news

 
रेडियो आँधीखोला
वालिङ, ९ असोज । 
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सडक छेउछाउमा उत्खनन तथा ओसारपसारमा संलग्न जेसिबि र ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो सडक छेउमा उत्खनन तथा ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका ७ चौतारीयाथर स्थित सडक छेउमा उत्खनन तथा ओसारपसारमा संलग्न सवारी नियन्त्रणमा लिएको हो । लु १ क २१९० नम्बरको जेसिबिले चुनढुंगा ग्राभेल उत्खनन गरी ग १ त ४८७२ नम्बरको ट्रयाक्टरमा लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। 
त्यस्तै नदिजन्य पदार्थ अवैध रुपमा ओसार–पसार गर्ने ट्रयाक्टर समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  पुतलीबजार नगरपालिका वडा नम्बर –१० राङखोलाबाट गिट्टी जस्तो देखिने ग्रावेल ओसार–पसार गरिरहेको अवस्थामा ग. १ त. ६२४८ नम्बरको ट्याक्टर फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...